भेडासँग गुरुङ को सम्बन्ध
गुरुङ र भेडा
झट्ट सुन्दा लाग्छ जनावर र मान्छे कती नजिक हुन सक्ला? गुरुङ जातीको भेडा सँग को सम्बन्ध एस्तै रोचक छ । भेडा छैन भने गुरुङ हरुको कुनै पनि काम हरु पूर्ण हुँदैन,गुरुङहरुको परम्परागत पेशा सँग जोडीएको छ भेडा, भेडापालन गरेरै जिबिकोपर्जन गर्दथे पहिले पहिले गुरुङ्हरु अहिले भने उनिहरु अरु बिभिन्न पेशा मा आबद्द छन । भेडा सँग संगत धेरै भएर गुरुङ हरुको स्वभाव पनि भेडा सँग मिल्छ भनिन्छ भेडा एकोहोरो हुन्छ, सोझो हुन्छ तेस्तै गुरुङ जातिको मनिस हरु पनि सोझो एकोहोरो हुन्छ भन्ने चलन छ । सानो बेला को कुरा सम्झन्छु साथीहरुले गुरुङ को त भेडा साईनो पर्छ भनेर जिस्क्याउथे, अली ठुलो भेडा देख्यो भने तेरो काका भन्दै जिस्क्याउथे मलाई…
Pic credit: Mani Raj Gurung
साचै गुरुङ र भेडा एकर्काका पुरक हुन जस्तो लाग्छ मलाई हाम्रो कुनै पनि कार्य जस्तो विवाह, अर्घु, (मृत्यु संस्कार) छेवर, भात खुलाई जस्ता सबै कार्य मा बस्न लाई भेडाको उनबाट बनेको राडी चाहिन्छ र खानामा भेडाको मासु चाहिन्छ भेडाको घ्यु पोलेको ठाउँ अथवा पुरानो दाग हटाउन औषधीको रुपमा प्रयोग गर्छन् गुरुङ्हरु यसले पनि देखाउछ कि भेडा कती उपयोगी छ ।
विवाह मा गुरुङ बेहुला को तर्फबाट रोटी रक्सी सहित भेडा बेहुलिको परिवार लाई दिन्छन गुरुङ हरु मावली लाई धेरै मान्छन त्यसैले केटीको मावली लाई भेडा सँगै रोटी, रक्सी दिने चलन छ पूर्व तिरका गुरुङ हरुमा, त्यो भेडा बापत चेली को तेसै खान हुन्न भन्छ र कोसेली बापत पैसा, अन्य सामान दिने चलन छ ।
बडादसैं को बेला नवमी को दिन भेडा को बली दिन्छन, सिङ सहित भेडा को टाउको लाई पूजा गरी घर को मुलढोका मा राख्ने चलन रहेको छ । त्यो भेडाको टाउको घरको ढोकामा राख्नाले घरको साथै परिवारका सदस्यहरुको रक्षा हुने बताउछन फुङ्लिङ, ताप्लेजुङका स्थानिय, समाजसेवी शिवकुमार गुरुङ
गुरुङ्हरुको जिबनशैली जोडीएको छ उनिहरुको, अर्थोपार्जनको गतिलो श्रोत पनि हो भेडा, भेडापालन गरेर अर्थको जोहो गर्ने यो जातिको मुख्य श्रोत नै भेडा हो भन्दा फरक नपर्ला किनकी भेडा कै उनबाट राडी, चकटी बुनेर देशबिदेश मा निर्यात गर्छन्, भेडा कै मासु को सुकुटी बेच्छन जुनचाही अरु मासु को तुलना मा अली महँगो हुन्छ किनकी भेडाको मासु रोगी हरुको लागि पनि फाईदा जनक मानिन्छ र यसको को घ्यु औषधी हुन्छ ।
आधुनिक जिबनशैली र अन्य पेशामा आबद्द भएका अहिले का गुरुङ हरु आफ्नो परम्परागत पेशाको बारेमा चासो राख्ने कम हुँदै गयो त्यसैले हामीले भेडा पालन अनिबर्य गरेका छौ र राडी बुन्ने तालिम पनि दिन्छौ जसको कारण परम्परागत पेशा जोगिनु को साथै उनिहरुको आर्थिक पक्ष पनि बलियो हुन्छ सँगै भेडा पालनमा बाटनै परिवारको जिबिका चल्छ भन्छन फुङ्लिङ का स्थानिय, चन्द्रमाया गुरुङ
मृत्यु संस्कारमा भेडा
अर्घुको (सुद्ध्याई कार्य ) दिन मृत्यु भएको मान्छे को नाम मा भेडा लाई खाना दिने, घर को सबै सदस्य ले खान दिन पाएन भने भेडा रुन्छ अथवा आत्मा लाई केही चित्त बुझेन भने भेडा रुन्छ भन्छन जस्तो लिम्बु हरुमा पनि यो चलन छ चिन्ता बस्दा मरेको मान्छेको आत्मा फेदाङ्मामा आउछ अनी सबै बोल्छ चित्त बुझेको छैन भने बेस्सरी रुन्छ भन्ने चलन अझै पनि छ ।
चिउरी सङ चेपाङ जातिको सम्बन्ध जस्तै छ गुरुङ र भेडाको सम्बन्ध, अझ भन्ने हो भने भावनात्मक रुपमा जोडीएको भेडा सँग को गुरुङ हरुको साईनो, सामाजिक, सान्स्कृतिक रुपमा पनि उतिनै बलियो छ र आशा छ उस्तै रहने छ ।





